हामीले हाम्रा मानवीय सहयोगहरु सक्दो धेरै आवश्यक परेकालाई समेट्ने कोशिस अनुरुप हाम्रो परियोजनाहरु विभिन्न क्षेत्रमा फैलिएका छन् । अहिले हामीहरुले सञ्चालन गरिरएका योजनाहरु यस प्रकार छन् :

१) सिप्रदीयन छात्रवृत्ति योजना १

एक तथ्यांकका अनुसार नेपालमा गरीबीका कारण प्राथमिक शिक्षा हासिल गरेका दूइतिहाइ विद्यार्थीहरुले निम्न माध्यमिक शिक्षा लिन्दैनन् र जस्ले लिन्छन् उनीहरु पनि कक्षा ७ नपुग्दै एक चौंथाइ विद्यार्थीहरुले पढाइ छोडने गरेका छन् ।
सिप्रदीयन सहायता संस्थाले समाजमा ज्ञानको ज्योति फैलाउनका लागि दीनहीन तथा योग्य विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नेछ । सिप्रदीयन सहायता संस्थाको पहिलो चरणमा छात्रवृत्ति वितरण कार्यक्रम अन्तर्गत बारा, मकवानपूर र पर्सा जिल्लाका चार सरकारी विद्यालय छनौट गरेको छ ।

२०६९ शैक्षिक वर्षका लागि कक्षा ५ देखि कक्षा १० सम्म पढिरहेका २६ जना विद्यार्थीहरु छात्रवृत्तिका लागि छनोट भएका छन् । विद्यार्थीहरुको छनोट उनीहरुको पछिल्लो परीक्षाफल, परिवारको आर्थिक स्थिति र सिप्रदीयन सहायता संस्थाका सदस्यहरुले गरेको अन्तर्वाताका आधारमा गरीएको थियो । छात्रवृत्ति अन्तर्गत विद्यार्थीहरुको भर्ना शूल्क, मासिक शूल्क, परीक्षा शूल्क, विद्यालयको पोसाक, किताबहरु, अन्य सामाग्रीका साथै दूइ जोड लगाउने लुगा पनि दिइएको थियो । हाम्रो विशेष कार्यक्रम “धर्मपूत्र परियोजना” अन्तरगत २६ मा ४ जना बालबालिकाको शिक्षा संगै अरु आवश्यक्ता पूरा गरीनेछ ।

२) आमाको घरमा हेरचाह
समाजका ज्यष्ठ नागरिक, टुहुरा तथा असमर्थ मानिसहरुलाई  मदत र हेरचाह गर्ने हाम्रो कर्तव्यलाई ध्यानमा राख्दै हामीहरुले ‘आमाको घर’ भनि प्रचलित वृद्घावस्ता व्यवस्थापन तथा समाज कल्याण गुठीमा सहयोग गर्दै आएका छौं । आमाको घर बृद्घ तथा बाल आश्रम हो जुन एक आत्मनिर्भर  महिला श्रीमती दिलशोभा श्रेष्ठले सञ्चालन गर्दै आउनुभएको छ । उनले सन् १९९८ मा असहाय महिलाहरुलाई आश्रय र संरक्षण गर्ने उद्देश्यका साथ सोल्टिमोड, रविभवन स्थित आफ्नै घरमा आमाको घरको स्थापना गर्नुभएको थियो । हाल ‘आमाको घर’मा २८ जना बृद्घबृद्घा र ४७ जना बालबालिकाहरु बसोबास गर्दै आएका छन् । उनीहरुमा दृष्टि हृास, कानले नसुन्ने र पक्षाघात जस्ता भौतिक अशक्तताले पीडा दिइरहेको पाइन्छ ।

aama-ghar-care-i-1

दिनहुँको आवश्यक्ता पुरा गर्न सहज होस पनि सिप्रदीयन सहायताले आमाको घरमा प्रत्येक महिना रु.१३०००÷– को सानो रकमको योगदान गर्दै आएको छ । यसका साथै त्यहाँ हामीले बिभिन्न सरसफाइका कार्यक्रमहरु, बालबालिकालाई कपी, किताब र खाजा बट्टाहरु उपहार स्वरुप दिने र उनीहरुसंग समय बिताउने गर्दै आएका छौँ ।

३) अग्नि पिडितहरुलाई राहत सामाग्री बितरण
दैवी प्रकोप पिडितहरुलाई राहत दिने हाम्रो प्राथमिकतामा पर्दछ । हामीले पिडितहरुको दैनिक जीवन सहज गर्न  अत्यन्त आवश्यक सामाग्रीहरुे प्रदान गर्ने प्रयत्न गर्दछौँ । आजसम्म हामीहरुले तीन भिन्दाभिन्दै ठाउँहरु १) रतया–५ बाकेँ, २) चतुवाल, सर्लाही र नार्हा–३, रिगूवल, सिरहा का अग्नि पिडितहरुलाई आकश्मिक राहत सामाग्रीहरु बितरण गरीसकेका छौँ ।

sarlahi-fire-relief-17

हामीहरुले चामल, लुगाफाता र आर्थिक सहयोग बितरण गर्दै आएका छौँ । हालसम्म करिब १५२ प्रभावित परिवारहरु सोझै लाभान्वित भएका छन् । भविष्यमा पनि यस्ता अग्नि पिडितहरु तथा अन्य प्राकृतिक प्रकोपका पिडितहरुलाई आकश्मिक राहत सामाग्रीहरु बितरण गर्नेछौँ ।

४) योग तालिम
योग भनेको अनुशासित भइ मन, चित्त र आत्माको बिकास गर्नु हो । बिभिन्न आशनको अभ्यास गर्नु र एकचित एकमन गरी ध्यान गरेर बस्नु हो । योगाले शरीरको चेतना बढाउन, शरीर र चित्तलाई स्थिर राखी आत्मालाई शान्त राख्न मदत गर्छ । योगले इन्द्रिय तथा नशाहरुलाई सुचारु गरी चुष्त दुरुष्त राख्न मदत गर्छ ।

yoganaikap-23

योगबाट हुने बिशेष फाइदाहरु लिन हामी नैकाप स्थित हाम्रो कार्यालयमा हरेक शनिबार योग तालिम संचालन गर्दै आएका छौँ । सुश्री ऋता कार्की योग शिक्षिका  द्वारा हामीलाई योगा सिकाउदै आएकी छिन् । सुरुवातमा सिप्रदीका कर्मचारी तथा उनीहरुका परिवारलाई योग सिकाउने र भविष्यमा देशका कुनाकुनामा योग शिबिर संचालन गर्ने योजना रहेको छ ।

 

रायहरु

"“सामाजिक विकास र रुपान्तरणको मुल उद्देश्यका साथ स्थापना भएको यस संस्थाले शैक्षिक विकास र राहत÷सहयोग जस्ता उदाहरणीय योजनाहरु शुरुवात गरिसकेको छ । मुख्यतया शिक्षा क्षेत्रमा पिछडिएका....." बिस्तारमा »