News Archive

“सामाजिक विकास र रुपान्तरणको मुल उद्देश्यका साथ स्थापना भएको यस संस्थाले शैक्षिक विकास र राहत÷सहयोग जस्ता उदाहरणीय योजनाहरु शुरुवात गरिसकेको छ । मुख्यतया शिक्षा क्षेत्रमा पिछडिएका, गरीव तथा जेहन्दार विधार्थीहरुलाई उनीहरुले कल्पना नै नगरेको छात्रवृत्ति र अन्य अत्यावश्यक सहयोग प्रदान गरेर ती विधार्थीहरुको शैक्षिक र समग्र जीवनमै ठुलो टेवा पुगेको छ । भविष्यमा ती विधार्थीहरु सबल नागरिक भइ सामाजिक विकास र राष्ट्र उन्नतिमा लाग्नेछ भन्नेमा म विश्वस्त छु । स्थापनाकाल देखि नै सम्पुर्ण सिप्रदीयन साथीहरु बडो उत्साह का साथ एकजुट भइ लाग्नुभएको छ र यसले हामी बीच थप मेलमिलाप र एकताको भावना ल्याएको महसुस गरेको छु । स्वार्थहीन समाज सेवा बाट जुन खुशी र अद्भुत आत्मसन्तुष्टि प्राप्त हुन्छ , त्यो संसारको अरु कुनै चीजबाट प्राप्त हुदैन । यस्तो पुण्यको कामको लागि मेरो व्यक्तिगत र सम्पूर्ण सिप्रदी कम्पनीको सँधै समर्थन र सहयोग रहि नै रहने छ ।”
–शम्भु प्रसाद दाहाल (प्रमुख कार्यकारी अधिकृत÷सञ्चालक, सिप्रदी कम्पनी)

“यस संस्थाको राम्रो पक्ष भनेको नै यो संस्थाले दुर्गम क्षेत्रहरुमा ध्यान दिदै कार्यक्रमहरु संचालन गर्दै आएको छ । यस्तो योजनाले सम्मानित हुनु हाम्रो लागि गौरबमय छ । यसले पिछडिएका बर्गका विद्यार्थीको पढाइमा सुधार ल्याउनेछ । यस योजनाले हाम्रो विद्यालयको गुणस्तरीय शिक्षाको प्रचार गर्न पनि मदत पु¥याउने छ ।”
–    कृष्ण सुबेदी (प्रद्यानाध्यापक, श्री नेपाल राष्ट्रिय उच्च माध्यामिक विद्यालय)

“यस संस्थाले समय ब्यर्थ नगरी पिडितहरुलाई घटना लगतै राहत सामाग्री वितरण ग¥यो । राहत सामाग्री खाँचो पर्दा नै उपलब्ध गराएकोमा हामी यस संस्थाको आभारी छौँ ।”
–    नोखेलाल यादव (रिगुवल, सिरहाका भुतपुर्व सचिव)

“ राहत सामाग्री वितरण गर्दै यस संस्थाले समाज कल्याणमा ठूलो चासो देखाएको छ । यस्तो पुण्य कार्यमा सामिल हुन पाएकोमा बृहत सन्तुष्टि प्राप्त गरेका छौँ ।”
–    गणेश राइ (सहायक सब इनिस्पेक्टर, सिरहा)

“गाँउले ठुलो नुक्सान भोगिरहेको यस्तो दुखको समयमा “जिल्ला ब्यबस्थापन कार्यालय” ले अत्यन्त कम मात्र क्षतिपुर्ति उपलब्ध गराएको बेला एउटा नयाँ समाजिक कार्यमा ख्याति नकमाएको गैर सरकारी संस्थाले उचित राहत सामाग्रीले पिडितहरुको अनुहारमा मुस्कान ल्याउने निकै राम्रो कार्य गरेका छन् । हामी यस संस्थाका ऋणी भएका छौँ र भविष्यमा पनि समृद्घ र उत्कृष्ट सेवाको आशा गर्दछौँ ।”
–जग्दिश्वर रोइ (समाज सेवी, चत्तुवल, सर्लाही)

“सिप्रदीयन सहायता संस्थाको छात्रवृत्ति योजनाले हाम्रो विद्यालयमा एउटा नयाँ इतिहास रच्ँदै शिक्षाको गुणस्तर बढाउने छ । संस्थाले विद्यार्थीहरुमा गरेको लगानीले भविष्यमा उत्कृष्ट नतिजा दिनेछ । यस योजनाले छात्रवृत्ति नभएका विद्यार्थीहरुमा पनि प्रतिष्पर्धाको भावना जगाइी शिक्षाको गुणस्तर विकास गर्दै भविष्य उज्जवल बनाउने छ ।
–    लाछँन चौँरसिया (प्रद्यानाध्यापक , श्री राधाकृष्ण उ.मा. विद्यालय)

“यस विद्यालयको भौतिक निर्माण गर्न र शिक्षा बारे जनचेतना फैलाउन यस विद्यालयको स्थापना देखि नै मैले धेरै मेहेनत गर्दै आएको छु । यो विद्यालय (श्री राधाकृष्ण उच्च माध्यमिक विद्यालय) यस गाउँको शान भएको छ र प्रवेशिका परिक्षाको नतिजाले नै यस विद्यालयको गुणस्तरको बयान गरेको छ । पहिले त हामी यस संस्थाका आभारी छौ जसले हामीलाई विद्या बाड्नँ सहयोग गर्दै छ र पर्सा जिल्लाबाट हाम्रै विद्यालय मात्र छनोट हुनु र सम्मानित हुनु एकदमै चाखलाग्दो छ ।
–    सुदामा तिवारी (समाज सेवी)

“तपाइहरु वीरगंज देखि यस्तो दुर्गम गाउँमा समाज सेवाको भावनाले अग्नि पिडितहरुलाई राहत सामाग्री वितरण गर्न आउनु भएको कार्य प्रशंसनिय छ । स्थानिय प्रशासनले मदत्त नगरी राख्दा निकै पिडामा रहेका पिडितहरुलाई यस संस्था “सिप्रदीयन सहायता संस्था” ले मद्दत गरी उनीहरुको घाउमा मलम लगाइ दिएको छ ।”
–    धन बहादुर खड्का (सहायक प्रहरी निरिक्षक, सर्लाही)

रायहरु

"“सामाजिक विकास र रुपान्तरणको मुल उद्देश्यका साथ स्थापना भएको यस संस्थाले शैक्षिक विकास र राहत÷सहयोग जस्ता उदाहरणीय योजनाहरु शुरुवात गरिसकेको छ । मुख्यतया शिक्षा क्षेत्रमा पिछडिएका....." बिस्तारमा »