News Archive

Posted by admin, May 2, 2015 11:25 pm

30730c49470cb016287b163275c35d96सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को सामाजिक सहायता संस्था सिप्रदीयन सहायता संस्थाले नुवाकोट जिल्लाको सामरी गाविसका भूकम्प पिडित परिवाहरुलाई करीव ५००० केजी खाद्यान्न र करीव १० लाख रुपैंया वरावरको राहत समाग्री वितरण गरेको छ । सिप्रदीद्धारा वितरित राहत सामाग्रीमा टेन्ट, त्रिपाल, दाल, चामल, चिउरा, चाउचाउ, मिनिरल वाटर, तथा दालमोठ जस्ता राहत सामाग्रीहरु रहेका छन् । उक्त क्षेत्रमा यस किसिमको वृहत सहयोग गर्ने सँस्थामा सिप्रदी पहिलो भएको र संस्थाका पदाधिकारीहरु स्वयंले राहत सामाग्रीहरु वितरण गरेकोमा पिडीत सर्वसाधारणहरुले संस्थाको मुक्त कण्ठले प्रशंसा गर्नुका साथै पिडीत परिवारहरुको अवस्था अझै अत्यन्त दयनीय भएकोले सिप्रदीले जस्तै अन्य संघ सँस्थाहरुलाई समेत सहयोगको लागि आह्वान गरेका छन् ।
उक्त राहत वितरण कार्यक्रमको संयोजनमा सहयोग गर्नु भएका सामरी गाविस सचिव श्री बुद्धी बहादुर प्याकुरेलले सिप्रदीको उक्त कार्यले जीवन मरणको अवस्थामा रहेका पिडीत परिवारहरुलाई केही मात्रामा भए पनि राहत पाएको बताउनु भयो ।
आफ्ना आफन्तजनलाई भेट्न र आफ्नो परिवारलाई सूरक्षित स्थानमा सार्न यातायात सूविधा नपाएको र पाएको यातायात सुविधा पनि अत्यन्त महंगो भई सर्वसाधारणको पहूँच हुन नसकेको अवस्थामा सिप्रदीले काठमाण्डांैबाट नारायणघाट सम्मको दैनिक निःशुल्क बस सेवा समेत सञ्चालन गरेको छ । संस्थाका संरक्षक श्री शम्भु प्रसाद दाहालले यस किसिमको निशूल्क बस सेवाबाट सयौंै यात्री तथा परिवारहरु लाभान्वीत भई सकेको र हालको दुखद अवस्थामा सूधार नआए सम्म सिप्रदीको यो बस सेवा निरन्तर रहने बताउनु भयो । साथै सिप्रदीले नुवाकोटबाट शूरु गरेको यस्तो राहत सहयोग कार्यक्रम राज्य तथा अन्य संघ सँस्थाहरुको पहुँच पुग्न नसकेका सिन्धुपाल्चोक, गोरखा जस्ता अन्य भुकम्प प्रभावित जिल्लाका विकट क्षेत्रहरुमा पनि विस्तार गर्ने जनाएको छ ।


रायहरु

"“सामाजिक विकास र रुपान्तरणको मुल उद्देश्यका साथ स्थापना भएको यस संस्थाले शैक्षिक विकास र राहत÷सहयोग जस्ता उदाहरणीय योजनाहरु शुरुवात गरिसकेको छ । मुख्यतया शिक्षा क्षेत्रमा पिछडिएका....." बिस्तारमा »