News Archive

Posted by admin, May 7, 2015 5:02 am

Sindhupalchowk1सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को सामाजिक सहायता संस्था सिप्रदीयन सहायता संस्था र भोटेकोशी पावर कम्पनी प्रा.लि.ले सिन्धुपाल्चोक जिल्लाका ८ गाविसहरुका भूकम्प पिडित परिवाहरुलाई विभिन्न खाध्यान्न तथा ७०० थान त्रिपाल राहत स्वरुप वितरण गरेको छ । उक्त संस्थाहरुबाट वितरित खाध्यान्नमा २० हजार केजी चामल, ४ हजार केजि चिउरा, ८०० केजि दाल तथा चाउचाउ रहेको छ । उक्त राहत बाह्रविसे, मानेसरा, गाती, घुम्ताङ्ग, मार्मिंङ्ग, लिस्टी, तातोपानी र फुुलपिङ्गकट्टी गाविसमा वितरण गरिएको थियो ।

कठीन परिस्थितीका बाबजुद पनि विभिन्न गाविसहरुमा पुगी राहत वितरण गर्न आएकामा स्थानीय सर्वसाधारणहरुले दुवै संस्थालाई धन्यवाद दिए भने राहत सहयोलाई काठमाण्डांंै र सदरमुकामहरुमाा मात्रै केन्द्रीत नगरी जिल्लाका विकट क्षेत्रहरुमा समेत सिप्रदी र भोटेकोशीले जस्तै सहयोग गर्न अन्य संघ सँस्थाहरुलाई पनि आह्वान गरेका छन् ।
यस अघि सिप्रदीले नुवाकोट जिल्लाको विकट क्षेत्रममा पनि यस्तै त्रिपाल र खाध्यान्न सहयोग गरेको थियो भने सोही सँस्थाले काठमाण्डौं देखि नारायणगढ सम्म निशूल्क यातायात सेवा समेत सञ्चालन गरी भुकम्प पीडीतहरुलाई सहयोग गर्दै आइ रहेको छ ।


रायहरु

"“सामाजिक विकास र रुपान्तरणको मुल उद्देश्यका साथ स्थापना भएको यस संस्थाले शैक्षिक विकास र राहत÷सहयोग जस्ता उदाहरणीय योजनाहरु शुरुवात गरिसकेको छ । मुख्यतया शिक्षा क्षेत्रमा पिछडिएका....." बिस्तारमा »