स्कीलअप – च्यानल पार्टनर डेभ्लपमेन्ट कार्यक्रम सम्पन्न

//स्कीलअप – च्यानल पार्टनर डेभ्लपमेन्ट कार्यक्रम सम्पन्न

यो ६ महिने कार्यक्रममा १५ जना प्रशिक्षार्थीहरुलाई TATA गाडी सम्बन्धि तालिम दिएर विभिन्न टेक्नोलोजिको बारेमा परिचित गराइएको थियो ।
सिप्रदीयन सहायता संस्था र सिप्रदी ट्रेडिङ्ग प्रा। लि। को सहकार्यमा आयोजना भएको स्कील अप तालिम कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रम सिप्रदिको विभिन्न च्यानल पार्टनरहरु ( आधिकारीक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज, आकस्मिक मर्मत सेवाबाट सिफारिस गरिएका प्रशिक्षार्थीको लागि गरिएको ६ महिने तालिम कार्यक्रम हो । यस कार्यक्रमको उद्देश्य दक्ष र तालिम प्राप्त प्राविधिकहरु सिप्रदीको च्यानल पार्टनरमा गई काम गरुन् जसले गर्दा नयाँ प्रविधि आएता पनि उनीहरुले सजिलो र छिटो छरितो कार्य गर्न सकुन् भन्ने हो । यस तालिममा विभिन्न जिल्ला डडेल्धुरा, रामेछाप, धादिङ, दोलखा, बारा, आदिका प्रशिक्षार्थीहरुले भाग लिएका थिए । यसमा प्रशिक्षार्थीहरुको छनौट लिखित परिक्षा र इन्टरभ्यु बाट भएको थियो भने सहभागी प्रशिक्षार्थीहहरुको न्युनतम शैक्षिक योग्यता एस।एल। सि पास रहेको थियो ।
यस वर्षको स्कील अप तालिम कार्यक्रम डिसेम्बर २, २०१८ देखि मे ३१, २०१९ सम्म चलेको थियो । शुरुका ४५ दिन प्रशिक्षार्थीहरुलाई सिप्रदीको तालिम केन्द्रमा टाटा गाडीका विभिन्न टेक्नोलोजिको बारेमा Theoretical तथा Practical संचालन भयो भने त्यसपछि सिप्रदीकै विभिन्न वर्कशपमा अन द जब तालिमको लागि पठाइयो । तालिम सकेपछि प्रशिक्षार्थीहरुको लिखित परिक्षा र प्राक्टिकल परिक्षा पनि लिइएको थियो जसमा सम्पूर्ण प्रशिक्षार्थीहरु उर्तिण हुनु भएको थियो ।
तालिम पश्चात प्रशिक्षार्थीहरु आफूलाई सिफारिश गरिदिएको च्यानल पार्टनरको वर्कशपमा कार्य गर्नेछन् ।

2019-06-20T11:47:17+00:00