सिप्रदीयन सहायता संस्था र टाटा ट्रस्ट को सहकार्यमा–विद्यालय भवन हस्तान्तरण कार्यक्रम सम्पन्न

//सिप्रदीयन सहायता संस्था र टाटा ट्रस्ट को सहकार्यमा–विद्यालय भवन हस्तान्तरण कार्यक्रम सम्पन्न

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि को सामाजिक संस्था सिप्रदीयन सहायता संस्था द्धारा टाटा ट्रस्ट र टाटा कम्युनिटि इनिसियटिभ ट्रस्टको वित्तिय सहयोगमा हालैमात्र वलेफी गाउपालिका ४ सिन्धुपाल्चोकमा नवनिर्मित विद्यालय हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जालपादेवी माध्यमिक विद्यालयको उक्त नवनिर्मित भवन अत्याधुनिक भुकम्प प्रतिरोधी तथा अपाङ्ग मैत्रि रहेको छ । १२ कोठे उक्त भवनमा पुस्तकालय, विज्ञान प्रयोगशाला, अपाङ्गमैत्री शौचालय र स्वच्छ खानेपानीको व्यवस्था समेत गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननिय श्री गिरिराजमणि पोखरेल ज्यूको उपस्थितिमा सिप्रदीयन सहायता संस्थाका उपाध्यक्ष श्री शम्भु प्रसाद दाहाल, सिप्रदी कम्पनिजका सि.ई.ओ. श्री राजनबाबु श्रेष्ठ, सि.ओ.ओ. श्री राजेश प्रसाद गिरी, उपाध्यक्ष श्री सौरभ थपलिया तथा टाटा मोर्टसका म्यानिफ्याक्चरिङ हेड ( कर्पोरेट भेइकल विजनेस युनिट ) श्री अजयलाल र टाटा ट्रस्टका सि.ओ.ओ. श्री हरिस कृष्णस्वामीको उपस्थिमा उक्त विद्यालय भवन हस्तारण गरिएको छ ।
सो पुनर्निर्मित विद्यालयमा १२ वटा कक्षाहरु, लिङ्गभेदी, अपाङ्गमैत्री, सेवा सुविधायुक्त शौचालय, कम्प्युटर प्रयोगशाला तथा अन्य सुविधाहरु उपलब्ध रहेका छन् । सो भवन पूर्ण रुपमा सुविधा तथा सामग्रीहरुले सुसज्जित भएको तथा भूकम्प निरोधक र अपाङ्गमैत्री प्रविधि सहित निर्माण गरिएको छ ।
टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा नेपाल अर्थक्युयिक रिह्याविटेसन ईनिसिएटिभ को समन्वयमा सातवटा बिद्यालय र स्वास्थ्य चौकि पुनर्निमाणमा सहयोग गर्दै आइरहेको छ । श्री शारदा उच्च माध्यमिक बिद्यालय र श्री जालपादेवी माध्यमिक बिद्यालय निर्माण सम्पन्न भईसकेको छ भने अन्य बिद्यालयहरु क्रमश श्री कुपकन्या माध्यमिक बिद्यालय, श्री मार्मिङ आधारभुत बिद्यालय, श्री तपिनारायण आधारभुत बिद्यालय, श्री जनज्योति आधारभुत बिद्यालय, र पुल्पिङकट्टि स्वास्थ्यचौकिको पुनर्निमाण अन्तिम चरणमा पुगिसकेको छ । जसले गर्दा बिद्यार्थी, शिक्षक र समुदायलाई दिगो रुपमा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

 

2019-06-20T11:58:50+00:00