सिप्रदीयन सहायता संस्थाद्धारा आँधि प्रभावित जिल्लाहरुमा राहत वितरण

//सिप्रदीयन सहायता संस्थाद्धारा आँधि प्रभावित जिल्लाहरुमा राहत वितरण

सिप्रदी ट्रेडिङ्ग प्रा.लिको सामाजिक संस्था सिप्रदीयन सहायता संस्था द्धारा हालैमात्र बारा र पर्सा जिल्लामा आँधि प्रभाबित बिभिन्न क्षेत्रहरुमा राहत वितरण कार्य सम्पन्न गरेको छ । उतm कार्यक्रम स्थानिय प्रशासन तथा स्थानिय प्रतिनिधिहरुको समन्वयमा सम्पन भएको हो । सिप्रदीयन सहायता संस्थाका २० जनाको स्वयमसेवक टिमद्धारा पर्सा जिल्लाको जगरनाथपुरमा ६५ भन्दा धेरै आँधि प्रभावित परिवारलाई २५ किलो चामल, ५ किलो दाल, १ किलो नुन, २ लिटर खाना पकाउने तेल, म्याट र लत्ताकपडा वितरण गरिएको छ । यसैगरि बारा जिल्लाको भलुहि र चैनपुरमा २०० भन्दा धेरै आँधि प्रभावित परिवारलाई चामल, दाल, नुन र खाना पकाउने तेल वितरण गरिएको छ ।
आँधिका कारण विभिन्न जिल्लामा २७ जना भन्दा धेरैको ज्यान गएको छ भने हजारै घरबार बिहिन भएका छन ।

2019-06-14T06:09:53+00:00